भरतपुर, १९ भदौ
चितवनमा शुक्रबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक चितवन मेडिकल कलेजको प्रयोगशालाबाट सार्वजनिक गरिएको रिपोर्टमा चितवनका मात्रै ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितहरु अन्य जिल्लाका ३१ जना छन् ।
यसअघि शुक्रबार विहान भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा चितवनका १७ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो । शुक्रबार एकै दिन चितवनका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएकाहरु १ वर्ष देखि ७८ वर्षसम्मका छन् । उनीहरु मध्ये ४२ जना भरतपुर महानगरपालिकाका मात्रै छन् । राप्ती नगरपालिकाका ९, रत्ननगरका ३, कालिकाका २, खैरहनीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नयाँ विवरणअनुसार चितवनका ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको अन्तिम दिन शुक्रबार यति धेरै संख्यामा चितवनमा संक्रमित पुष्टि भएका हुन् ।