भरतपुर, २७ असार।
सप्तरीका बाढीका कारण विस्थापित परिवारलाई राहत जुटाउन चितवनमा युवा समूहले सक्रियता देखाएका छन् । सडक, चोक तथा पार्कमा युवाहरु राहत संकलन अभियानमा जुटेका छन् । तीन दिनमा अभियानबाट ३८ हजार ६ सय ६७ रुपैयाँ संकलन भएको छ ।
नारायणी नदी किनारमा भेटिएका व्यक्तिहरुबाट ६ हजार ५० रुपैयाँ, लायन्चोकमा भेटिएका यात्रु तथा व्यवसायीबाट ११ हजार ३९ रुपैयाँ र नारायणगढ बजार क्षेत्रबाट २१ हजार ५ सय १८ रुपैयाँ संकलन भएको दारी ग्याङ चितवनले जनाएको छ । सहयोग संकलन अभियानमा चितवनमा क्रियाशिल ब्रदर्श नेपाल, एमडब्लुआरआर, युनाइटेड युथ फर नेसन र हेल्प फर ह्रयाप्पिनेसका युवा जमात लागेको थियो । यी संस्थाले गत वर्ष पनि बाढी प्रभावितका लागि राहत संकलनमा जुटेका थिए । चितवन सहित काठ्माण्डौ पोखरा लगायतका स्थानबाट पनि राहत संकलन अभियानमा युवा लागिपरेका छन् ।
युवा जुटे राहत खोज्न
युवा जुटे राहत खोज्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस