भरतपुर, १६ भरतपुर
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनअनुसार काठमाडौँमा ३५० सहित उपत्यकामा ३८८ नयाँ संक्रमित थपिएका हुन् ।
भक्तपुरमा ९ र ललितपुरमा २९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।