असार २७
भरतपुर अस्पतालको सेवा विस्तारका लागि नयाँ मेसिन ल्याईएको छ । चितवनको एक मात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा करौडो मुल्यको नयाँ मेसिन ल्याईएको छ । नयाँ सेवा संगै पुराना सेवा सुधारका लागि मेसिन ल्याउने क्रम सुरु भएको छ । नयाँ आर्थिक वर्ष संगै अस्पतालको सेवालाई थप विस्तार गर्न लागिएको हो । करिब २३ करोड मुल्य बराबरको विभिन्न मेसिनरी औजार ल्याईएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताउनुभयो । केही मेसिन ल्याईसकिएको छ भने कतिपय मेसिन ल्याउने क्रम जारी छ । स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा पहल गरेर बजेट ल्याईएको डा. मरासिनिले बताउनुभयो ।
मृगौलाको उपचारका लागि १२ वटा डायलासिस मेसिन ल्याईएको छ । चितवनमा रहेको दुई निजि मेडिकल कलेजमा मात्र रहेको डायलासिसका लागि विरामीले महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता थियो । भरतपुर अस्पतालले पूर्ण रुपमा निशुल्क गर्ने तयारी गरेको छ । डायलासिस मेडिन जडान गर्न सुरु गरिएको छ । त्यस्तै आउदो आर्थिक वर्षबाट अस्पतालमा न्यूरो सर्जरी सेवा पनि सुरु गर्न लागिएको छ । न्यूरोका लागि अलग्गै कक्ष बनाईएको अस्पतालले जनाएको छ । यसका लागि चिकित्सक को समेत नियुक्ति समेत गरिसकिएको छ । अप्रेसन कक्षमा थप चार वटा एनेस्थिया मेसिन पनि जडान गरिएको छ । अप्रेसन कक्षमा एक्सरे गर्न मिल्ने सि आम मेसिन , ५ वटा भेन्टिलेटर मेसिन , र शव गृहमा शव राख्नका लागि १५ वटा मर्चरी मेसिन थपिएको छ । प्रोटेबल एक्सरे मदुई वटा , अल्ट्रासाउण्ड , कपडा धुलाई मेसिन समेत यो आर्थिक वर्ष भित्र ल्याईसक्ने योजना छ । नेपाल सरकारले दिने नियमित बजेट भन्दा अलग्गै मागेर मेसिन ल्याईएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । मेसिनरी औचार संगै थपिएको सेवाले पैसा नहुदा जनताको स्वास्थ्य जोखिममा नपर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
यसैबीच भरतपुर अस्पतालको सुचना अधिकारीको रुपमा गोपालप्रसाद पौडेललाई जिम्मेवारी दिईएको छ । अस्पतालको सुचनाको लागि पौडेललाई जिम्मेवारी दिईएको मेसु रुद्रप्रसाद मरासिनीले बताउनुभयो । सामाजिक सेवा ईकाईको प्रमुख रहनु भएका पौडेललाई अस्पतालमा हुने सुचना प्रवाह गर्ने गरी सुचना अधिकारी तोकिएको हो ।