चितवन, भदौ १६
चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार विहान २ः५२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उपचारका लागि भदौ १४ गते चितवन मेडिकल कलेज ल्याइएका उनमा सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।