भरतपुर, १२ भदौ ।
चितवन जिल्लाका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल शुक्रबार राति ९ बजे सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार भरतपुर महानगरपालिकाका १४ जना र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी संक्रमित महिला रहेका छन् । संक्रमितहरूको उमेर ११ वर्षदेखि ५९ वर्षसम्म रहेको अस्पतालको विवरणमा उल्लेख छ । रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन् ।
शुक्रबार अस्पतालमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार मकवानपुरका १, गोरखाका दुई, नवलपुरका १ र सप्तरीका २ जनामा संक्रमण देखिएको हो । त्यसै गरी दैलेख, बारा र गुल्मीका एक–एक पुरुष तथा सुर्खेत र मोरङका एक–एक महिलामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालले शुक्रबार २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो । जसमा २४९ मा कोरोना परीक्षण नेगेटिभ देखिएको थियो ।