भरतपुर, १२ भदौ ।
सरकारले सडक यातायात नपुगको र दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा संस्थालाई छुटको अफर तथा अनुदान दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई नीति २०७७ को मस्यौदा तयार पार्दै यस्तो नीति लिएको हो ।
नीतिमा सडक यातायात नपुगेको र दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा संस्थालाई उडान संख्याको आधारमा हवाई इन्धनको शूल्कमा छुट दिने उल्लेख छ । यसैगरी, नीतिमा अन्य शूल्कमा छुट दिने वा प्रतिव्यक्ति थप रकम अनुदान दिने व्यवस्था समावेश गरिएको छ। यसैगरी नीतिमा दूर्गम क्षेत्रमा नियमित उडान गर्न तोकिएका वायुसेवाले नियमित उडान नगरे उडान निलम्बन गर्ने वा इजाजत खारेज गर्नेसम्मको व्यवस्था मिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख छ ।