भरतपुर, १२ भदाै ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ जिल्ला शाखा चितवनले ‘डिजिटल लर्निङ इन एजुकेशन’ शीर्षकमा एकदिने वेवीनार सम्पन्न गरेकाे छ ।
गत माघदेखि विश्वब्यापीरुपमा देखापरेकाे काेभिड-१९ महामारीको कारणले घरमै बस्नुपरेकाे अवस्थामा संस्थाकाे सामाजिक कार्यअन्तर्गत सम्पूर्ण विद्यार्थीहरुमाझ नवीनतम प्रविधि प्रयाेग गरी विद्यार्थीसँग विद्यालयलाई जाेड्ने प्रयास गरिएकाे क्यान महासंघले जनाएकाे छ । आसन्न परिस्थितिमा विविध चुनाैती र अवसरका रुपमा कसरी जुध्न सकिन्छ, जनस्तरमा सूचना प्रविधिकाे पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आधारित रहेर कार्यक्रम गरिएकाे कम्प्युटर एसाेसीएसन नेपाल महासंघ चितवनका अध्यक्ष सन्ताेषजनक भुसालले बताए ।
कार्यक्रममा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, क्यान महासंघका उपाध्यक्ष खुसल रेग्मी र वाग्मती प्रदेशका शिक्षा स्वास्थ्य तथा कृषि समितिका संयाेजक घनश्याम दाहालसहित क्यान महासंघका पदाधिकारी, क्यान वाग्मती प्रदेशका पदाधिकारी, क्यान जिल्ला समिति चितवनका पदाधिकारी र जिल्ला सदस्य, प्याब्सन/सामुदायिक कलेज तथा संचालक समितिका अध्यक्ष, प्राध्यापक, शिक्षक/शिक्षिकालगायत विभिन्न निकायका प्रवुद्ध एवम् प्रविधि क्षेत्रमा आवद्ध प्रविधिप्रेमीले सहभागिता जनाएका थिए ।
शुक्रबार अपरान्ह गरिएको कार्यक्रममा ५०० जनाले सहभागिता जनाएका क्यान जिल्ला शाखा चितवनका सचिव टेकलाल भुसालले जानकारी दिए ।
कार्यक्रममा स्राेत व्यक्तिकाे रुपमा रेगबहादुर भण्डारी, पदमराज पन्त र कृष्ण पाेखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम उठेका प्रश्न र विषयबस्तुलाई क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले प्रष्ट पारेका थिए । यस्तै प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाईं, सामुदायिक विद्यालयकाे प्रतिनिधित्व गर्दै पूर्णप्रसाद दवाडी र शिक्षकहरुकाे प्रतिनिधित्व गर्दै हरिश्चन्द्र सुवेदीले आफ्ना धारणा राखेका थिए ।
इन्टरनेटकाे पहुँच नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने र डाटा प्याकेजबारे पनि छलफल भएकाे थियाे । आगामी दिनमा पनि याे कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्यान महासंघ चितवनका उपाध्यक्ष दिलीप तामाङले बताए ।