वीरगञ्ज, १२ भदौ
जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवासहित शुक्रबार वीरगञ्जमा थप ५७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार संक्रमितमध्ये पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका एक जना छन्। थप ४२ जना संक्रमित थपिएसँगै पर्सामा मात्र कोरोना संक्रमितको संख्या २ हजार ६४ पुगेको छ। जसमा एक हजार ५ सय ९४ पुरूष र ४ सय ६० महिला छन्।
उनीहरूको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।