भरतपुर, १२ भदौ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजिनामा दिएका छन् । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री आवेले पद छोड्ने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । निर्णय लिने कार्यमा आफ्नो रोग बाधक बनेको आफूले हेर्न नचाहेको आवेले बताएका छन् । कोरोना महामारीको बीचैमा पद छाड्नु पर्ने अवस्था आएको भन्दै उनले सम्पूर्ण जापानीसँग क्षमायाचना पनि गरेका छन् ।
६५ बर्षीय आवे लामो समयदेखि अल्सरेटिभ कोलाइटिस नामक समस्याबाट पीडित रहँदै आएका छन् । तर पछिल्लो समय भने स्वास्थ्यमा थप जटिलता देखिएको हुनसक्ने आशंका गरिएको छ ।
सन् २०१२ देखि पद सम्हालेका आवे जापानको सबैभन्दा लामो समय सत्तामा रहने प्रधानमन्त्री हुन् । उनको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा मात्र सकिँँदैछ ।