भरतपुर, १२ भदौ
चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । श्री पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचाररत भरतपुर–२, क्षेत्रपुर निवासी ५१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । भदौ ८ गते उनको स्वाब लिई परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा उपचारत उनको शुक्रबार आज बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर सन्दीप पाण्डेले जानकारी दिए ।
मृतक लामो समयदेखि दमको बिरामी रहेको र अस्पताल भर्ना हुने समयमा पनि दुबै फोक्सोमा गम्भीर निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै चितवनका ४ जनाको केरोनाका कारण मृत्यु भएको छ ।
आज बिहान मात्रै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका एक महिलाको मृत्यु भएको थियो ।