२६ असार ।भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज हुँदै छ ।
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा असार २३ गते सुनुवाइ हुने भनिए पनि नभ्याउने भएपछि सुनुवाइ आजका लागि सारिएको थियो ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।