भरतपुर,१२ भदौ
चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमितहरु ६ देखि ७९ वर्षसम्मका छन् । भरतपुरका संक्रमितहरु नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालका हुन् । गैँडाकोटका संक्रमितको पुरानो मेडिकल कलेजबाट स्वाब लिइएको हो । रत्ननगर र खैरहनीका संक्रमितहरु स्थानीय क्वारेन्टिनमा छन् ।
चितवनमा कोरोना संक्रमितको संख्या ४८७ जना पुगेको छ ।