चितवन, २६ असार । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले संविधान संशोधन भएरै छाड्ने दावी गरेका छन् । हामी सहमतिको नजिक छौँ उनले भने आज भोली नै टुगिन्छ । संविधान संशोधन हुन्छ ।
प्रेस सेन्टर नेपाल चितवन शाखद्धारा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महराले कुनै पनि हालतमा संविधान संशोधन भएरै छाड्ने स्पष्ट समेत पारे ।
संविधान संशोधन पछि मात्रै प्रदेशनको निर्वाचन हुन्छ, उनले भने सहमतिका अन्तिम नजिकमा छौँ । निर्वाचन हुन्छ ।
मन्त्री मण्डल विस्तार कहिले हुन्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री शर्मा संविधान संशोधनसगैँ मन्त्रीमण्डल विस्तार हुने जानकारी पनि गराए ।
उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए ।
भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै उहाँले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरेको बताए ।
भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ । मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स जिएसटी नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ ।