भरतपुर, १० भदौ
पछिल्लो २४ घण्टामा नेपालमा ४७ जिल्लामा ८८५ जना कोरोना संक्रमित भेटिएसँगै कुल कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । पछिल्लो पटक २ सय ९९ महिला र ५ सय ८६ पुरुष गरी ८ सय ८५ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
जसअन्तर्गत प्रदेश १ को खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३ र सुनसरीमा ५५ जना संक्रमित भेटिएका छन् ।
प्रदेश २ को धुनषाका ४३, पर्साका १, बाराका २४, महोत्तरीका १८, रौतहटका २०, सप्तरीका १, सर्लाहीका १ सय २० जनामा कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा काठमाडौंका २ सय ३०, काभ्रेका २१, चितवनका ४२, दोलखा र धादिङका २/२, भक्तपुरका २४, मकवानपुरका १८, रामेछापका १, ललितपुरका ४७ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पाइएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा १, नवलपरासी पूर्वमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै, प्रदेश ५ को नवलपरासीमा २, प्युठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पा र जाजरकोटमा १/१ जनामा कोरोना भेटिएको छ ।
कर्णाली प्रदेशको दैलेख र सल्यानका १/१ र सुर्खेतका ७, सुदूरपश्चिम प्रदेशको अछामका २०, कञ्चनपुरका २, कैलालीका २९, डडेल्धुरा र डोटीका २/२ जना पनि संक्रमित भेटिएका छन् ।
कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ६ लाख ३५ हजार २ सय ५२ पुगेको छ ।
कुल संक्रमितमध्ये नेपालमा हाल १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित छन् । हाल ८ हजार ७ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।