रत्ननगर,२५ असार ।
एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले रत्ननगरको बकुलहरमा शाखा विस्तार गरेको छ । अष्टे«लियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले १३ औं शाखाको रुपमा रत्ननगरमा शाखा विस्तार गरेको हो ।
शाखाको शनिबार रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख वनले नामअनुसारको विश्वासिलो काम गर्न सुझाव दिए । विशेषगरी अष्ट्रेलिया जान चाहनेहरुका लागि एक्स्पर्टले सेवा प्रदान गर्दै आइरहेको छ । यसले यसअघि चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको थियो । विद्यार्थी र समाजको चाहानाअनुसार रत्ननगरमा शाखा विस्तार गरिएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
“अष्टे«लिया जान चाहनेलाई नारायणगढ पुगेर सेवा लिनुपर्ने वाध्यता थियो”, अधिकारीले भने, “पूर्वी चितवनका विद्यार्थीलाई मध्यनजर गर्दै रत्ननगरमा शाखा विस्तार गरेका हौं ।” रत्ननगर शाखाबाट अष्टे«लियाका लागि विशेष कक्षा र आईईएलटीएस कक्षा प्रदान गरिने छ ।
उद्घाटन कार्यक्रममा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस सिड्नीका निर्देशक बद्री अर्यालले अष्टे«लियाको ६ र नेपालका ७ वटा शाखाबाट करिब २५ हजार जनालाई सेवा प्रदान गर्दै आइरहेको बताए । प्रबन्ध निर्देशक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा सदस्यहरु बाबुराम गौतम, शालिग्राम पराजुली, १० का वडाध्यक्ष केशव आचार्य, इक्यान चितवनका उपाध्यक्ष भानु खरेल, लायन्स क्लबका जोन चियर पर्सन सुरेशचन्द्र आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।