२५ असार ।
आज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको सम्मान आदर र सम्झना गर्ने दिन । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन।
विद्यार्थीहरुले आफुलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी चितवन लगायत मुलुकभर आचार्य दिवसका रुपमा गुरुपुर्णिमा पर्व मनाईदैछ ।
गुरुमन्त्र:
गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: !
गुरु: साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नम: !!
गुरु नै ब्रम्हा गुरु नै बिष्णु गुरु नै देबताका देब शिव हुन । यस्ता परम ब्राम्हण गुरु लाइ प्रणाम ।
शैक्षिक क्षेत्रमा भएको ब्यापक ब्यापारिकरणले आजका धेरै गुरुहरू नाममात्रका गुरु भए पनि जीवननै परिवर्तन गरिदिन सहयोग गर्ने सच्चा गुरुको अझै पनि अनिकाल परेको बिध्यार्थीहरु बताउछन ।
यस गुरुपुर्णिमाको अबसरमा गुरुहरुमा आफ्नो दायित्वबोध होस् र बिध्यार्थीमा पनि गुरुहरुको सम्मान गर्ने परिपार्टी बसोस भन्ने कामना !