भरतपुर, २४ असार ।
स्पेनको बार्सिलोना फुटबल क्लबका नेपाली समर्थकहरुको समूह बार्सा–नेपालले मंगलपुरमा रहेको सडक बालबालिका पुनस्र्थापनाका लागि ‘पीटुसीटु’ कार्यक्रमद्वारा संरक्षित बालबालिकालाई विभिन्न सहयोग गरेको छ ।
कार्यक्रममा सो अभियानमा आश्रित ३५ जना बालबालिकालाई खानेकुरासँगै लत्ताकपडा, खेलकुद सामग्री वितरण गर्नुका साथ फुटबलसम्बन्धी प्रेरणादायी पोस्टर वितरण गरिएको क्लबका सक्रिय सदस्य सुवास धरेलले जानकारी दिए ।
सो क्रममा विभिन्न खेलमा पनि बालबालिकालाई सहभागी गराइएको थियो । सो क्रममा तातो आलु खेल र नाचगान प्रतिस्पर्धा गराई विजेतालाई फुटबल जर्सी प्रदान गरिएको धरेलले जानकारी दिए । सन् २०१३ मा संगठित भएका नेपाली युवाहरुको यो समूहले देशव्यापीरुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।