भरतपुर, ६ भदौ
चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । बाँकी दुई जनामध्ये एक जना कैलाली र अर्को मकवानपुरका हुन् ।