प्रमिता ढकाल
असार २४ चितवन ।
प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०१७ को फाइनलमा ५१ जना बालबालिका प्रतिष्पर्धा गर्ने भएकाछन् । बालबालिकाको प्रतिभा प्रस्फोटनका लागि होलिडेज क्रियशन होम नारायणगढले आयोजना गर्न लागेको प्रतियोगिताको अडिसनबाट ५१ जना छनौट भएकहुन् । ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर आयोजना गरीएको प्रतियोगितामा भाग लिन जिल्लाका १८ वटा विद्यालयबाट ८६ जनाले अडिसन दिएका थिए ।ती मध्य १५ वटा विद्यालयका गरी ५१ जना छनौटमा परेको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । छनौट भएका बालबालिकालाई एक महिनासम्म प्रशिक्षण दिइ ४ चरणमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भएकोे कार्यक्रम संयोजक लक्ष्मी पन्त ढकालले जानकारी दिएकीछिन् ।असार २७ गतेबाट तालिम दिइने उनले बताइन् ।पहिलो चरणमा बालबालिकाले प्रस्तुत गरेका प्रतिभालाई ध्यानमा राख्दै अब २७ गतेबाट भने प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने उनले बताइन् । स्कूले बालबालिकाको वर्षे विदाको समय मिलाएर कार्यक्रम सञ्चालन गर्न लागिएकोले उल्लेख्य सहभागिता जुटेको संयोजक ढकालले बताइन् ।प्रतिभा निखारका लागि प्रोगाम विथ अ परपस थिममा आधारित रहेर बालबालिकालाई प्रयोगात्मक परियोजनामा सामेल गराउने र उनीहरुको क्षमता मुल्यांकन गरीने भएकाले प्रत्यक चरण निकै महत्वपूर्ण रहने उनले औल्याएकीछिन् । उत्कृष्ट छनौट भएकाहरुलाई अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि अवसर जुटाउने समेत उनले जिकिर गरेकीछिन् ।यूरोपियन संस्था इ प्लानेट इभेन्ट अर्गनाइजरसंग सहकार्य गरी लिटल प्रिन्स र लिटल प्रिन्सेस वल्र्ड, लिटल प्रिन्स र लिटल प्रिन्सेस अर्थ र लिटल प्रिन्स र लिटल प्रिन्सेस यूनिर्भस २०१७ मा सहभागिताको लागि संयोजनकारी भूमिका रहने उनले बताइन् ।प्रतियोगिताबाट प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प दुबै तर्फ तिन तिन जना विजेता छानिने होलिडेज क्रियशन होम नारायणगढका सञ्चालक नारायण ढकालले बताए । दुबै तर्फका विजेतालाई क्रमशः ३० हजार, २० हजार र १५ हजारले पुरस्किृत गरीने उनले बताए ।वातावरण संरक्षणको सन्देश फैलाउनका लागि विजेता दुई जनालाई साइकल प्रदान गरीने समेत उनले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुन प्रत्यक बालबालिकाको प्रवेश शुल्क १५ हजार लिइएको छ ।सो शुल्कबाटै उनीहरुलाई विज्ञहरुबाट एक महिने प्रशिक्षण र विभिन्न क्रियाकलापमा सहभागि गराइने ढकालले बताए । छनौट भएका बालबालिकाको उच्चतम प्रतिभा प्रष्फोटनको लागि पारिवारिक वातावरणका लागि अभिभावकलाई समेत अभमिुखीकरण गरीएको छ । अडिसन तथा तालिमका विभिन्न चरण होटल गंगोत्री नारायणगढमा भएको प्रतियोगिताको फाइनल साउन १७ गते नारायणी रिसोर्ट नारायणी नदी किनारमा गर्ने तयारी भएको उनले बताए ।
प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०१७ मा ५१ जनाले अडिसन पार गरे
प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन २०१७ मा ५१ जनाले अडिसन पार गरे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस