भरतपुर, ५ भदौ
कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै चितवन जिल्लाभर थप ७ दिन निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाका ६ पालिकामा लागू गरेको निषेधाज्ञा माडीसमेत गरी जिल्लाभर नै लागू गरेको छ ।
अब आज ५ गते राति १२ बजे सकिने निषेधाज्ञा आगामी भदौ १२ गते राति १२ बजेसम्म लम्बिएको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्ला प्रशासन कार्यालयमा आज भएको सुरक्षा समिति बैठकले यो निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि गत साउन ३० गते राति १२ बजेदेखि लागू हुने गरी चितवनका माडीबाहेक ६ पालिकामा लागू हुने गरी एक साता लामो निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञा गरेर सर्वसाधारणलाई खुला आवागमन बन्द गर्नुबाहेक कोरोना नियन्त्रणका लागि ठोस अरु काम भने जिल्लामा भएको देखिन्न ।