भरतपुर, ५ भदौ ।
बाँकेका विभिन्न आइसोलेसनमा बस्दै आएका ५१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालगन्जका व्यापारी कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहालसहित ५१ जना शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य मापदण्डअनुसार १४ दिन आइसोलेसन अवधि पूरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरी पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा कोरोना निको हुनेको संख्या हालसम्म ५४७ पुगेको छ । हाल आइसोलेसनमा २ सय ३६ जना छन् । तीमध्ये सामान्य लक्षण देखिएका ३४ जना र लक्षण नदेखिएका २ सय २ जना छन् । बाँकेमा दुई महिलासहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
स्रोतः इकान्तिपुर