भरतपुर, ५ भदौ ।
विराटनगर महानगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गएराति विराटनगर वडा नं ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
उनको स्वाबको नमूना सोमबार संकलन गरिएकोमा बुधबार नतिजा पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बसेका थिए । महानगरको वडा नं ६ का वडाध्यक्ष विजय कामतले संक्रमण पुष्टि भएपछि ती संक्रमितलाई आइसोलेसनमा लैजाने प्रयास गरेको बताए । तर, आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिभराउ रहेकाले घरमै बस्दै आएका उनको गएराती अचानक मृत्यु भएको हो ।
अहिले सो क्षेत्रमा आइसोलेसन केन्द्रमा शय्या अभावका कारण ४० जना संक्रमित घरमै बस्न बाध्य छन् । महानगरभरि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या भने ३ सय ३१ रहेको छ ।
स्रोतः रेडियो कान्तिपुर