भरतपुर, ४ भाद्र ।
लिबिया हुंदै अवैध ढंगले विभिन्न मुलुक जाने क्रममा डुङ्गा डुब्दा यो वर्ष मात्रै ३४ सय बढी आप्रवासीले ज्यान गुमाएका छन् । पछिल्लो पटक गत सोमबार मात्र ज्वारास्थित सामुन्द्रिक किनार नजिकै ८० जना सवार डुंगा डुब्दा ४५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसीआरले जनाएको छ । मृत्यु हुनेमा बालबालिकाको संख्या समेत उल्लेख्य रहेको छ । अन्यलाई भने स्थानीय माझीले उद्धार गरेका थिए ।
सन् २०११ मा लिबियाका नेता मुआम्मर गद्धाफी मारिएपछि लिबिया असुरक्षित आप्रबासनको ट्रान्जिट प्वोइन्ट बन्दै आएको छ । अधिकांश आप्रवासीहरु अफ्रिकी मुलुक सेनेगल, माली, चाड तथा घानाका रहने गरेका छन् । असुरक्षित आप्रवासनमा क्रममा अधिकांश मानिस दलालको फन्दामा परी दुर्व्यवहारको शिकार समेत बन्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।