भरतपुर, २ भदौ ।
कर्मचारीमा कोभिड–१९ को संक्रमण भएको आशंकामा प्रेस काउन्सिलको सचिवालय तीन दिनका लागि बन्द गरिने भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी गराएका हुन् । सूचना अधिकारी खनालका अनुसार काउन्सिलमा कार्यरत कर्मचारी र आन्तरिक अडिटरलाई समेत ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएपछि सचिवालय बन्द गर्ने निर्णय गरिएको हो । त्यसका लागि मंगलबार नै काउन्सिलको बोर्ड बैठक बसेको उनले जनाए । कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब दिइएको र रिपोर्ट नआउँदासम्मका लागि कार्यालय बन्द गरिएको व्यहोरा विज्ञप्तिमा उल्लेख छ । कार्यालय बन्द रहेपनि उजूरी भने अनलाइनबाट लिइने सूचना अधिकारी खनालले बताए । काउन्सिलले सार्वजनिक गरेको विज्ञप्तिमा आचारसंहितासम्बन्धी अनुगमन आआफ्नै निवासमा बसेर पनि गरिने उल्लेख गरिएको छ ।
कर्मचारीमा कोरोनाको आशंका भएपछि काउन्सिलको सचिवालय बन्द
कर्मचारीमा कोरोनाको आशंका भएपछि काउन्सिलको सचिवालय बन्द
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस