भरतपुर, १ भदाै । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निषेधाज्ञा जारी भएका क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा निषेध गरेकाे छ ।
आज एक सूचना जारी गरी जिल्ला प्रशासनले निषेधाज्ञा भएकाे ठाउँमा बिहान बेलुका खाद्यान्न तथा तरकारी किन्नैपर्ने भए हिँडेर मात्रै जान भनेकाे हाे ।
अहिले प्रशासनले अत्यावश्यक सामग्री खरिद गर्नकाे लागि बिहान र साँझ ५ देखि ८ बजेसम्म हिँड्न पाउने व्यवस्था गरेकाे छ ।
खाद्यान्न किन्ने बहानामा सवारीसाधन चलाउने क्रम बढेपछि प्रशासनले याे निर्देशन दिएकाे हाे ।
आगामी भदाै ५ गतेसम्म चितवनका माडीबाहेक सबै पालिकामा निषेधाज्ञा जारी गरेकाे छ ।
खाद्यान्न किन्न जानैपरे हिँडेर मात्रै जानू: चितवन प्रशासन
खाद्यान्न किन्न जानैपरे हिँडेर मात्रै जानू: चितवन प्रशासन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस