वीरगञ्ज, ३० साउन
पर्सा, बारा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२ जना महिला छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जनाएको छ ।
नारायणी अस्पतालमा चिकित्सकसहित १२ जना संक्रमित
संक्रमितमध्ये २ जनामहिला चिकित्सक छन् । नारायणी अस्पतालका १ जना चिकित्सकसहित ४ जना कर्मचारी, ३ जना सफाइ कर्मचारी र एकजना कार्यालय सहयोगी र ३ जना सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको छ ।
२७ वर्षीया चिकित्सक, फार्मेसीमा कार्यरत वीरगञ्ज-२ का ३२ वर्षीय पुरुष, पोषण वार्डका ४५ वर्षीया महिला, ईआर कर्मचारी २६ वर्षीय र ३५ वर्षीय सोसियोथेरापी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
मेडिकल वार्डमा कार्यरत सफाइ कर्मचारी ५० वर्षीय पुरुष, ३५ र ४३ वर्षीया महिला तथा ५२, ३८ र २० वर्षका सुरक्षा गार्डमा कोरोना देखिएको छ ।
लक्षण देखिएका, आफैं जाँच गराएका र कन्ट्याक्ट ट्रेसिङका ११ जना
लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका र आफैं कोरोना जाँच गराएका ११ जनामा संक्रमण देखिएको छ ।
तीन दिनदेखि ज्वरो आउने तथा शरीरमा कमजोरी महशुस भएर कोरोना जाँच गराएका वीरगञ्ज-१३ का २३ वर्षीय युवक, तीन दिनदेखि ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज पानीट्याङकीका ३० वर्षीय, वीरगञ्ज-२५ वर्षीय सिर्सिया र वीरगञ्ज-१३ राधेमाईका २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
आफैं कोरोना जाँच गराएका र कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज-४ विर्ताका ४० वर्षीय, विश्रामपुर बाराका २४ वर्षीय, वीरगञ्ज- १४ बहुअरीका ६२ वर्षीय, वीरगञ्ज-१५ भिश्वाका ४० वर्षीय, वीरगञ्जकै २६ वर्षीय, वीरगञ्ज-१० घडीअर्वाका ३० र ३८ वर्षीय, वीरगञ्ज श्रीपुरका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महोत्तरीको जलेश्वरकी ३७ वर्षीया चिकित्सक र ४ वर्षीय बालकमा समेत कोरोना पुष्टि भएको छ ।
बाराको जीतपुर सिमरामा मात्रै २० जना संक्रमित
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा मात्रै २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु उपमहानगरपालिकाको १२ वटा वडाका २ वर्षदेखि ५२ वर्ष उमेर समूहका छन् ।
२८ वर्षीय नेपाली सेना, जीतपुर सिमरा-१४ का ४२, २८, ५२ वर्षका पुरुष, वडा नं १५ की ४२ वर्षीया महिला, वडा नं १६ की २१ वर्षीया महिला, वडा नं १७ का २६ वर्षीय पुरुष, वडा नं १८ का ३७ वर्षीया महिला, वडा नं १९ ३९ वर्षीय, वडा नं ३० वर्षीय पुरुष, वडा नं २१ की २८ वर्षीया महिला, वडा नं २२ का २ वर्षीय बालक, वडा नं २३ का ४० वर्षीय पुरुष, वडा नं २४ का १३ वर्षीया किशोरी, वडा नं २५ का २९, ३५, २६, ४४, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।(अनलाइनखबरबाट)