भरतपुर,२२ असाार ।
शहरी विकासले भरतपुर महानगरको सिंचित क्षेत्र घट्दै गएको छ । नारायणी लिफ्ट सिंचाईबाट यसवर्ष भरतपुर महानगरको ३ हजार २ सय १२ हेक्टर जमिन सिंचित हुँंदै छ । नारायणी लिफ्ट सिंचाईको स्थापनाको समयमा भरतपुरको ४ हजार ७ सय हेक्टर जमिन सिंचित हुने गरेको थियो ।
यसवर्ष रोपाईंका लागि असार २५ गते पानी नहरमा छाड्ने नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजनको तयारी छ । नारायणी लिफ्टको पानि बी र सी नहरका लागि विभाजन हुने गरेको छ । बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलबारी सम्मको जमिनमा सिंचाई पु¥याइने नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजनका इञ्जिनियर अर्जुन खनालले जानकारी दिए ।
बी नहरको लम्बाइ २२ किलोमिटर छ भने यसबाट १८ सय हेक्टर जग्गामा सिंचाई पुग्ने गरेको छ । सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुँदै गौरीगञ्जसम्म सिञ्चाई पु¥याएको छ । सी नहरको लम्बाइ १९ किलोमिटर रहेको र यसले १४ सय १२ हेक्टर जमिनमा सिंचाई पु¥याउने खनालले बताए ।
शहरी विकासले नारायणी लिफ्टको सी नहर अन्तर्गत पर्ने बसेनी, मेडिकल कलेज, कारागार तथा कृष्णपुरको शाखा नहर बन्द भएको छ । नारायणी लिफ्टबाट ४ ओटा पम्पले ८÷१० घनमिटर प्रतिसेकेण्ड पानी तान्ने गर्दछ ।
त्यस्तै नारायणी लिफ्टको नहर अतिक्रमण पनि क्रमशः बढ्दै गएको छ । बस्ती विकास तथा अव्यवस्थित सुकुम्बासी बस्तीले नहर अतिक्रमण बढेको हो । नहर अतिक्रमण रोक्न स्थानीय प्रशासनले केही गर्न सकेको छैन । जग्गा प्लटिङले पनि नहर अतिक्रमण भएकोतर्फ किसानको ध्यान जान नसकेको नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजनका ईञ्जिनियर अर्जुन खनालले बताए ।
कृषि पेशामा किसानको मोह हराउँदै गएको उनको भनाइ छ । उनका अनुसार यहाँका किसान नै अन्य पेशा तथा व्यवसायमा आकर्षित हुंदै गएका छन् । नारायण्ी लिफ्टको सिंचाइ क्षेत्रमा नहर नपुग्ने ६ स्थानमा डिभिजन कार्यालयले डिप बोरिङको व्यवस्था गरेको छ । सी नहरअन्तर्गत पर्ने गौरीगञ्ज, तोरी खेतलगायत स्थानमा ६ ओटा डीप बोरिङ गाडिएका छन् ।