भरतपुर, असार २० गते ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको क्षेत्रीय समितिहरु निर्माण कार्य धमाधम भैरहेका छन् । क्षेत्रीय समिति सेन्दाईमा डम्बर चौहानको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
उपसंयोजकमा घनश्याम भुषाल र विनोद चन्द चयन भएका छन् । सचिवमा ज्वाला गुरुङ, सहसचिवमा छिरिङ नुरु शेर्पा, कोषाध्यक्ष हरिगोपाल श्रेष्ठ चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा क्रमशः सुनिता सिके, सन्तोष गिरी, आङगेल्बु शेर्पा, रविन्द्र शाक्य, ज्योति पुन, वीरेन्द्र चलाउने र निराजन घिमिरे रहेका छन । नवगठित कार्यसमितिलाई एनआरएनए जापानको अध्यक्ष सुदन थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सन्तोष गिरीले सञ्चालन गरेको कार्यक्रम तेज अर्यालको अध्यक्षतामा भएको थियो ।
यस्तै, क्षेत्रीय समिति तोचिगिमा विकास बस्नेतको संयोजकत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । उपसंयोजकमा सरोज भेटवाल र डेनि शेर्पा रहेका छन् । सचिवमा कमलबहादुर बोगटी, सहसचिव अर्जुन गुरुङ, कोषाध्यक्ष सुवु गुरुङ ‘रोजÞी’ चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा क्रमशः युवराज लामा, सुरेन्द्र अधिकारी, अमन घले, धिरज पौडेल, शिवराम राई, दिपकबहादुर गुरुङ र निमा शेर्पा चयन भएका छन् । दुवै क्षेत्रीय समिति सर्वसम्र्मत रुपमा चयन भएका हुन् । जापानका अन्य ठाउँमा पनि क्षेत्रीय समिति गठनका काम भैरहेका छन् ।