भरतपुर,२० असार ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयको आथिएक सहयोग, राष्ट्रिय सहकारी संघ लि.को प्राविधिक सहयोग अनि जिल्ला सहकारी संघ लि. र चितवन बचत तथा ऋण सहकारी संघ लिको संयोजनमा संचालित ५ दिने मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सोमबार भरतपुरमा सम्पन्न भयो ।
जिल्ला सहकारी संघ लि. चितवनका अध्यक्ष टिकाराम भटटराईको सभापतित्वमा प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भटट्को प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा चितवन, नवलपरासी, मकवानवपु्र, वारा र पर्सा जिल्लावाट गरि ३५ जना विभिन्न सहकारी संघ एंव प्रारम्भिक सहकारीका व्यवस्थापकहरुको तालिममा सहभागिता रहेको थियो । तालिममा सहकारी संस्थाहरुले कसरी विधुतिय प्रणाली अन्र्तगत मन्त्रालय, विभाग, जिल्ला डिभिजन कार्यालयहरु र अन्य समन्वय निकायहरुका बिच समन्वय गर्न सकिनेछ, कसरी सहकारीका आन्तरिक र वाहय गतिविधीहरुलाई आम सरोकारवालाहरुसम्म सहजै पु¥याउन सकिन्छ, सहकारी संस्थाहरुको आर्थिक तथा सामाजिक क्रियाकलापहरुलाई कसरी कसरी सहजै जानकारी लिन सकिन्छ, नियमन निकायको लापरवाही र सहकारी संस्थाहरुको कमी कमजोरीहरुलाई कसरी सहजै समाधान गर्न सकिन्छ भन्ने विषय बस्तुलाई समेटेर दिइएको तालिमले नेपालको सहकारी विकासको क्रममा एउटा कोशे ढुड.गा सावित हुने कुरा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिब सुरेश प्रधानले प्रशिक्षणका क्रममा जानकारी दिनु भएको यिथो । कार्यक्रममा प्रमुख अतिथी प्रजिअ भटट्ले सबै सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको र सहकारी र बैंक विचको भिन्नता नै सहकारीको औचित्य भएकोले सहकारी अभियान्ताहरुले यतातिर ध्यान दिन जरुरी भएको बताउनु भएको थियो । कार्यक्रममा केन्द्रीय बचत संघका संचालकद्धय शान्ती अधिकारी र भरत प्रसाद दवाडी, प्रशिक्षकद्धय राजन गौतम र तेज कुमार गौतम, चितवन बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष तेजेन्द्र बहादुर खडका, सहभागीका तर्फवाट विष्णुमाया तामाड., मनोज प्रसाद कुशवाह लगायतले मन्तब्य राख्नु भएको कुरा तालिमका सहभागी ध्रुबराज मिश्रले जानकारी दिनु भएको थियो ।
मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस