ध्रुवराज खनाल
रत्ननगर, ११ साउन
जेठी छोरी गुमाएको पीडा सेलाउन नपाउँदै रिपुमाया चेपाङमाथि अर्को बज्रपात आइलाग्यो । निमोनियाका कारण जेठी छोरी गुमाएको झण्डै २ वर्षको अन्तरमा जीवनको साहारा नै लुटियो उनको ।
६ वर्षअघि चितवन राप्ती–२ सुर्यमुखी टोलका राजकुमार चेपाङसँग रिपुको विवाह भएको थियो । पहिलो सन्तान ३ महिनामै नियोनियाका कारण गुमाउनुप¥यो । दोस्रो सन्तानका रुपमा छोरीकै जन्म भयो । अहिलेकी छोरी डेढ वर्षको हाराहारीकी छिन् । २१ वर्षीया रिपु सेनाको कुटाइबाट मृत्यु भएका श्रीमान् ९रामकुमार० गुमाएदेखि शोकमा छिन् ।
जो कोही जाँदा पनि भक्कानिँदै भन्छिन्–“जीवनको साहारा दिनेलाई सेनाले मा¥यो, अब कसरी बाँच्नु रु” राजकुमारसहित उनका ५ जना साथीहरुलाई मध्यवर्ती क्षेत्रभित्र माछा मार्न र घोँगी टिप्न गएकै निहुँमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । साउन १ गते कामबाट छुट्टी पाएका राजकुमारसहित ७ जना माछा मार्न र घोँगी टिप्न गएका थिए । त्यसका क्रममा सेनाले उनीसहित ५ जनालाई कुटपिट ग¥यो ।
कुटाइ सामान्य भनेर ढाकछोप गर्न खोजे पनि अन्ततः सेनाले कुटेको विषय सार्वजनिक भयो । पिटाइका कारण आलो घाउमा उत्ति नै खेर दुखाइ भएन । तर, सुत्ने बेलादेखि दुखाइ बढ्दै गयो । भोलिपल्ट स्थानीय मेडिकलमा जचाएर औषधि खाए पनि निको भएन । कुटपिटका कारण दुखाइ बढ्दै जाँदा ज्वरो पनि आउन थाल्यो । अवस्था जटिल भएपछि भरतपुर अस्पताल जचाउन लगियो । तर, उनको उपचार हुन सकेन । अन्ततः राजकुमारले संसारबाट विदा लिए ।
राजकुमारको गत बुधवार मृत्यु भएको हो । स्थानीय ब्लक उद्योगमा काम गरेर जेनतेन राजकुमारले बिहान बेलुकाको छाक टारिरहेका थिए । “साउने संक्रान्ती भएर विदा थियो”, साथीहरुसँग मिलेर माछा मार्न र घोँगी टिप्न गए”, रिपु भन्छिन्, “बेलुका मिठो खाने सपना थियो । तर, सेनाको कुटाइ खाएर फर्किए ।” राजकुमारले परिवारलाई सेनाले खोलामा डुबाइ–डुबाइ पिटेको बताएका थिए ।
राजकुमारको घरको अवस्था दर्दनाक छ । घर टिनले छाएको छ । उत्तरतर्फ गारो लगाइएको छ । तीनतिर खाली छ । २ वर्षअघि बनाएको घरको चारैतिर गाह्रो लगाएर राम्रोसँग बस्ने उनको परिवारको सपना थियो । तर, यो घटनाले सपना सपनामै सीमित पारेको छ । राजकुमारकी आमा आईतीमाया भन्छिन्, “बुवाले बनाएको यो घर राम्रो बनाउँछु भन्थ्यो । तर। अकालमै संसार छाडेर गयो ।”
राजकुमार परिवारका जेठो छोरा हुन् । कान्छो छोरा ब्लक क्यान्सरका कारण वि।सं। २०७५ पुष १७ गते बित्यो । २ वर्ष नहुँदै परिवारको साहारा दिने जेठो छोरा गुमाउँदै आईतीमायामाथि अर्को बज्रपात आइलाग्यो । “कान्छो छोरा नि अकालमै संसारबाट बिदा हुँदा मन थामिरहेकी थिएँ”, आईतीमाया भन्छिन्, “परिवारको गुजारा चलाउने साहारा नै सेनाकै कारण गुम्न पुग्यो ।” राजकुमारबाहेक अन्य ४ जना पुरुष र २ जना महिला माछा मार्न र घोँगी टिप्न गएका थिए ।
निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले महिलाबाहेक अरु सबैलाई निर्मम तरिकाले कुटपिट गरेको पीडित सन्तलाल प्रजाले बताए । पीडित र स्थानीयले सो घटनामा सलग्न सेनालाई कडा कारवाही गर्नु पर्ने भन्दै प्रशासन समक्ष माग गर्दै आएका छन् ।