
अधिवक्ताः कृष्णप्रसाद भण्डारी
एम.ए.अर्थशास्त्र, एम.पी.ए.(द्वय), बी.एल.
प्रो वोनो र यसको इतिहास
प्रो वोनो कुनै शुल्क नलिई गरिने कामलाई बुझाउने शब्द हो । यो काम खासगरी कानुनी हुन्छ र न्यून आय भएका सेवाग्राहीको निमित्त हुन्छ । विश्वमा प्रो वोनोको इतिहास केलाउँदा यसको सुरुआत सन् १९४२ मा अमेरिकी AD Council बाट भएको र अमेरिकी राष्ट्रपति केनेडीले कानुन व्यवसायीहरुलाई नागरिक अधिकारको लागि युद्ध गर्न आग्रह गरेका छन् । त्यसपछि सन् १९६२ मा Layers Committee सृजना भएको देखिन्छ । त्यसैगरी सन् २००१ मा प्रो वोनो सेवालाई नैतिक अंग बनाउन Taproot Foundation को स्थापना भएको तथा सन् २००८ मा यो संगठनलाई Pro bono service का निमित्त अरु व्यापक बनाइएको देखिन्छ । त्यसपछि सन् २०११ बाट Pro bono service को व्यवसायले झन् गति लिएको देखिन्छ । यस सेवामा मानिसहरुको चाहना र विश्वास बढ्न गएकोले वर्तमान समयमा विश्व रंगमञ्चमा प्रो वोनो सेवाप्रदायकहरुको बढोत्तरी हुँदै गइरहेको देखिन्छ ।
दक्षिण पूर्वी एसियामा भएका प्रो वोनो सम्मेलन तथा गतिविधिहरु :
प्रो वोनोको यो गतिविधिबाट दक्षिण पूर्वी एसिया पनि अछुतो रहन सकेन । फलस्वरुप यस क्षेत्रमा पनि प्रो वोनो कार्यले संगठित रुप लिने दिशामा अग्रसर हुन थालेको पाइन्छ । यसैको परिणाम स्वरुप प्रो वोनोसम्बन्धी सम्मेलनहरु आयोजना हुने गरेका र ती सम्मेलनहरुमा विश्वका धेरै मुलुकहरु सहभागी रहे भएकासमेत पाइन्छन् । हालसम्म प्रो वोनोसम्बन्धी यस्ता सम्मेलनहरु आठवटा सम्पन्न भइसकेका छन् भने नवौँ सम्मेलन हुने स्थान र मितिसमेत तय गरिसकिएको छ । जसानुसार प्रो वोनोको नवौँ सम्मेलन सेप्टेम्बर, २०२० मा फिलिपिन्सको सेबु (Cebu, Philippines)मा सम्पन्न हुँदैछ । हाल सम्मका सम्मेलनका विषयवस्तु (Theme) क्रमशः निम्नानुसार छन् :
१. एसियन क्षेत्र र अन्तर्राष्ट्रियस्तरमै न्यायमा पहुँचमा जोड दिनको लागि प्रो वोनोे क्रियाकलाप विकास गर्ने (Developing Pro-bono Initiatives to strengthen Access to justice in the Asian region and internationally)
२.न्यायमा पहुँचको लागि जोड दिन प्रो वोनो क्रियाकलाप (Pro-bono Initiatives to strengthen Access to justice)
३.सार्वजनिक निजी जनसहभागिता(Public private people’s partnership)
४.नैतिकता र प्रो वोनो : एउटा आदर्श कानुनी व्यवसाय Pro-bono and Ethics : Build A Noble Legal proffession
५.पूर्णरुपमा हुने परिवर्तनमा प्रो वोनोको प्रभाव : दिगो विकास लक्ष्यको प्राप्तिको लागि (The impact of Pro-bono on Transformational change : Working to Achieve the sustainable Development goals.)
६.प्रो वोनो संस्कृतिको सवलीकरण : एकता र विविधता (Strengthening the Pro-bono culture: Unity and Diversity)
७.उत्प्रेरणा, प्रभाव (Inspire, Impact.)
८. सबैका लागि न्याय : अधिकार–सवलीकरण–सहभागिता (Justice for all: Empower-Engage-Sustain.)
९. एसियन सपना २०।२० ः भविष्यदर्शी प्रो वोनो (Asian Vision 20/20:”Pro-Bono pro-active”)
दक्षिण पूर्वी एसियाली मुलुकमा आयोजना गरिएका उल्लिखित प्रो वोनो सम्मेलनहरुका विषयहरु र ती सम्मेलनहरुमा भएका सहभागितालाई हेर्दा प्रो वोनो सेवासम्बन्धी शब्दले सवैलाई आकर्षित गरेकोे अनुभूति हुन्छ । यी सबैजसो सम्मेलनहरुमा अगाडि सारिएका विषयवस्तुहरु बडो कर्णप्रिय लाग्छन् । न्यायमा पहुँच अभिवृद्धि, न्याय सबैका लागि, प्रो वोनो संस्कृतिको विकास, आदर्श कानुनी व्यवसाय, अधिकार, उत्प्रेरणा, विविधता आदि आदि । तर, नेपालको परिप्रेक्षमा अध्ययन गर्ने हो भने सम्मेलनमा उठाइएका विषयहरु व्यवहारतः अपनाउन सकिएको देखिँदैन ।
यद्यपि हामी प्रो वोनो भित्राउने दिशामा क्रियाशील छौँ नभनिरहन सकिन्न । कारण हाम्रो मुलुकमा पनि प्रो वोनोको आठौँ सम्मेलन आयोजना भई सम्पन्न भइसकेको छ । दक्षिण पूर्वी एसियाका मुलुकमा हालसम्म आयोजना गरिएका सम्मेलनहरु कहाँ कहिले आयोजना भएका थिए, ती सम्मेलनहरुमा सहभागी मुलुकहरु तथा सहभागीहरुको संख्यात्मक विवरण तथा यसवर्ष (सन् २०२० मा) हुन लागेको सम्मेलन स्थल तल तालिकामा उल्लेख गरिएको छ ः
तालिका
सम्मेलन स्थान मिति सहभागी राष्ट्र सहभागीहरु
यी प्रो वोनो सम्मेलनहरुमध्ये कुनै सम्मेलनले निःशुल्क, न्यूनतम शुल्क, फिर्ता नहुने चार्ज एवं भैपरी शुल्कमा सेवा दिने कुरामा जोड दिएको, कुनै सम्मेलनमा प्रो वोनो कानुनी कार्यमा जोड दिनुका अतिरिक्त दक्षिण पूर्वी एसियाका साथै विश्वभरि नै प्रो वोनोको थप पहँुचका उपायहरुबारे छलफल गरिएको, कुनैमा अमेरिकी कानुनी सहायता र प्रो वोनो बीचको भिन्नताका बिषयमा छलफल गरिएका पनि पाइन्छन् । त्यसैगरी कुनै सम्मेलनमा बिनामूल्य केही बाँड्न सक्दिन भन्ने भनाइबाट बिनामूल्य पनि बाँड्न सक्छु भन्नेमा कसरी रुपान्तरण गर्ने ? भन्ने विषयमा छलफल भएको पाइन्छ । सम्मेलनहरुमा प्रत्येक व्यक्तिले केही महत्वपूर्ण कुराहरु महत्वपूर्ण ढंगले गरेको हुनुपर्छ भन्ने विषयसमेतमा जोड दिएको पाइन्छ ।
विश्वमा प्रो वोनो :
दक्षिण कोरिया (South Korea) : कोरियामा प्रत्येक वर्ष कानुन व्यवसायीहरुले ३० घण्टा प्रोवोनो कार्य अर्थात निशुल्क काम गर्नु अनिवार्य छ । यदि गरिएन भने जरिवानासमेत तिर्नुपर्ने व्यवस्था रहेको देखिन्छ ।
अमेरिका (America) ः १९७०—१९८० को दशक देखि प्रोवोनो राष्ट्रव्यापी भएको र यो सेवा कानुनी व्यवसायको महत्वपूर्ण अंशको रुपमा लिने गरिन्छ । कानुन व्यवसायीहरुले अमेरिकामा प्रत्येक बर्ष कम्तिमा ५० घण्टा निशुल्क सेवा गर्नु पर्ने नैतिक नियम रहेको देखिन्छ ।
अष्ट्रेलिया (Australia) ः अष्ट्रेलियामा धेरै पहिला (१९६७) देखि कानुन व्यवसायीहरुले प्रोवोनो सेवा दिदै आएको पाइन्छ ।
बेलायत (UK) बेलायतमा कानुन विद्यालय र ल फर्महरुले सन् २००३ देखि हरेक बर्ष वार्षिकरुपमा प्रो वोनो सप्ताह मनाउने गरेको पाइन्छ ।
भुटान : सन् २००९ देखि भुटानमा पनि एचय दयलय Pro bono service प्रारम्भ भएको देखिन्छ ।
मालदिभ्स : मालदिभ्सको संविधानानुसार संवेदनशील फौजदारी मुद्दाका अभियुक्तहरुले कानुन व्यवसायी राख्न नसकेमा राज्यले कानुनी सहायता उपलव्ध गराई दिनुपर्ने व्यवस्था छ । अनिवार्य कानुनी सहायतालाई घरेलु हिंसा संरक्षण ऐनको कार्यान्वयवले समेत अझ व्यापक तुल्याएको छ । यद्यपि प्रोवोनोको अभ्यास प्रारम्भ भएको पाइँदैन ।
पाकिस्तान : पाकिस्तानको बार काउन्सिलमा सन् १९८८ मा स्थापित भएको निःशुल्क कानुनी सहायता योजना तीन तहमा रहेको देखिन्छ : केन्द्र तह, प्रदेश तह र जिल्ला तह ।
एकातिर पाकिस्तानमा प्रोवोनोको लागि पर्याप्त सरकारी सहयोग र प्रतिबद्धताको अभाव रहनुका साथसाथै यहाँका न्यायलय, वकिलहरु र विभिन्न संगठनहरुको प्रयास हुँदाहुँदै पनि प्रोवोनो अदालती कारबाहीमा बाधा छ । अर्कोतिर पाकिस्तानी समाज पनि आफ्नो अधिकार र उपचारको बिषयमा सचेत छैन । किनकि ग्रामीण क्षेत्रमा हुने अपराधहरुमा पीडितहरुले उजुरी गरिदिँदैनन् ।
मानवाधिकारसम्बन्धी संगठन वा प्रो वोनो लयर्सले आफ्नै खर्चमा यस्ता काम गरेका छन् । तर, त्यसमा सरकारबाट कुनै विशेष योजना वा प्रोत्साहन दिइएको नहुँदा पाकिस्तानमा प्रो वोनो संस्थागत हुन नसकी गै स.स.माथि अत्यधिक निर्भर रहेकोले प्रोवोनो फर्म संस्कृति अपेक्षित विकसित हुन सकेको छैन । तर, केही बरहरुले प्रोवोनो कार्य नियमित रुपले गर्ने गरेका छन् । फलस्वरुप पाकिस्तानी कानुनी फर्म (Law firm) मा हालका दिनहरुमा प्रो वोनो संस्कृति (Culture) बढ्दो पाइन्छ ।
बंगलादेश : बंगलादेशमा प्रोवोनो ( Pro bono work) व्यवस्था प्रारम्भ भएको पाइदैन । यद्यपि सन् २००९ मा बंगलादेशको कानुन आयोगले बंगलादेश सरकारलाई कानुन बिद्यालयहरुमा क्लिनिकल कानुनी शिक्षा समावेश गर्न सिफारिस गरेको देखिन्छ । यसकोे मुख्य उद्देश्य वा प्रयोजन भनेको गरीवलाई कानुनी सेवा दिनु रहेको छ ।
भारत (India): भारतमा सन् १९८७ बाट प्रोवोनो कानुनी सेवा प्रारम्भ भएको हो । भारतमा यो सेवा दुई तहमा सञ्चालन हुने गरेको पाइन्छ । पहिलो तह कानुनअनुसारको सयन्त्र बनाइएको छ जुन संविधानको प्राबधान अनुरुप निःशुल्क कानुनी सहायता प्रदान गरिन्छ । यसअन्तर्गत न्यायमा पहुँचको लागि कसैलाई इन्कार गरिँदैन । र, दोस्रो तहमा कानुन व्यवसायीहरुले सेवा ग्राहीहरुलाई निःशुल्क वा आफूले न्यूनतम शुल्कमा केसहरु लिने गर्दछन् । यो कानुन व्यवसायीहरुको स्वविवेकमा निर्भर गर्दछ । यो तह बढी अनिश्चित खालको छ ।
श्रीलङ्का : श्रीलङ्कामा प्रो वोनो सेवालाई विशेष जोड दिनुपर्ने र व्यवस्थित पार्नुपर्ने विषय अभिव्यक्त गरिएको देखिँदा प्रो वोनोको महत्वलाई आत्मसातसम्म गरेको पाइन्छ ।
नेपाल : दक्षिण पूर्वी एसियाका नेपाललगायत विभिन्न मुलुकहरुमा सम्पन्न गरिएका आठवटा सम्मेलनहरुका विषयबस्तुहरु आदर्शमूलक रहेको पाइन्छ । तर, व्यवहारमा नेपाललगायत सहभागी मुलुकहरुमा के कसरी कार्यान्वयनमा आएका छन् भन्ने विषय सम्मेलनमा पुनरावलोकन गरिएको वा कुनै प्रकारकोे छलफल गरेको पाइएको छैन । यो प्रवृत्तिले अघिल्ला सम्मेलनमा उठाइएका विषयहरुमा सहभागी राष्ट्रहरुले कुनै खासै चासो राखेको, राख्ने गरेको र पछिल्ला सम्मेलनमा पुनरावलोकन गर्ने गरेको देखिएको छैन । यसबाट सम्मेलन र सम्मेलनमा छलफल भएका विषयवस्तुहरुको महत्व घटेको संकेत गर्दछ ।
प्रो वोनो सेवा न्यायमा पहुचका लागि हो । न्यायमा पहुँच सुनिश्चित गर्ने अभिप्रायले नेपालमा अन्य प्रवन्धहरु पनि रही आएको छ ।
१) जसमा आफ्नो कानुनी प्रतिरक्षार्थ कानुन व्यवसायी राख्न नसक्ने असहाय र आर्थिकरुपले विपन्न तथा गरिब व्यक्तिहरु विशेषतः बन्दीहरुलाई कानुनी सहयोगका लागि नेपालका अदालतहरुमा वैतनिक कानुन व्यवसायीहरुको व्यवस्था छ ।
२) त्यस्तै निःशुल्क कानुनी सहायताको प्रबन्ध पनि हुँदै आएको छ ।
नेपालमा प्रो वोनो सेवाले कुनै प्रकारको भूमिका खेल्न सकेको छैन । प्रो वोनो सेवासम्बन्धी कानुनको तर्जुमा गर्ने कुराको बेला बखतमा प्रसंग उठने गरे तापनि हालसम्म तत्सम्बन्धी कुनै प्रकारको कानुनको तर्जुमा हुन सकेको देखिँदैन । साथै, नेपालमा एचय दयलय को आठौँ सम्मेलन त सम्पन्न भएको छ । प्रो वोनोको कुराहरु गरिएका छन् । व्यवहारमा रुपान्तरण गर्न सकिएको छैन । न्यायमा पहुँच मानवअधिकारसँग जोडिएको विषयवस्तु पनि हुनाले प्रो वोनो सेवाको न्यायमा पहुँच अभिवृद्धि गराउन ठूलो भूमिका निर्वाह गर्न सक्ने हुनाले प्रो वोनो सेवा व्यवहारमा रुपान्तरण गराउन जरुरी छ ।
र, अन्त्यमा अमेरिका, बेलायत, दक्षिण कोरिया वा अष्ट्रेलियामा जस्तो नेपालमा निजीस्तरमा कार्यरत कानुन व्यवसायीहरु, निजी ल फर्महरुले निश्चित परिमाण वा समय तोकेर प्रो वोनो सेवा गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा प्रो वोनो सेवा अभ्यासमा आउन सकेको छैन । कहीँकतै कसैले सेवाभावले स्वेच्छाले प्रो वोनोको उद्देश्यानुसार सेवा गरिहाल्यो भने त्यस्तो कानुन व्यवसायीलाई प्रतिष्ठापूर्ण दृष्टिले नभई सेवा मूल्य लिन असमर्थ भएको भनेर हीनभावले हेर्नेे मनोभाव रहेको पाइन्छ । तर, विश्वमा प्रो वोनो सेवाको लहर चलेको छ ।
ती मुलुकमा यो सेवाले कानुन व्यवसायीहरुको व्यावसायिकता र नैतिकतालाई प्रवद्र्धन गर्दै प्रतिष्ठा बढाएको छ । नेपालमा पनि यो सेवा आबश्यक हुँदा यसले कुनै न कुनै रुपमा प्रबेश पाउनु जरुरी छ । तसर्थ, एचय दयलय सम्बन्धी व्यवस्थाका लागि सरकार, बार काउन्सील तथा नेपाल वार एशोसियसनसमेतको संयुक्त पहल हुन जरुरी छ ।