भरतपुर, ९ साउन
पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु सडकखण्डमा पर्ने मौवाखोला पुलसँगै एप्रोच सडक बाढीले बगाएपछि अवरुद्ध रहेको सडक आंशिकरुपमा खुला गरिएको छ ।
३ दिनसम्मको लगातारको प्रयासबाट ग्याबिन लगाएर उचाइ दिएपछि पुल र सडक जोडिएको छ । तर, ठूला गाडीका लागि यो तयार भइसकेको छैन । डिभिजन सडक कार्यालय भरतपुरले दिउँसो साढे ४ बजेबाट यो सडकखण्डमा मोटरसाइकल र चार पाङ्ग्रे हल्का सवारी कटाउन सकिएको जानकारी दिएको छ ।
ठूला गाडी पनि कटाउनका लागि निरन्तर काम भइरहेको कार्यालयले जनाएको छ ।
मौवाखोला पार भएपछि साना गाडीलाई नागढुंगासम्म पुग्न कुनै अवरोध नरहेको बताइएको छ ।