मुग्लिङ, ६ साउन
हिजाेदेखि बन्द रहेकाे मुग्लिङ-नारायणगढ सडक ३६ घण्टापछि एकतर्फी खुलेेकाेे छ ।
४ किलाेमा झरेकाे पहिराे लामाे समयकाे प्रयासपछि ३६ घण्टामा एकतर्फी मात्रै खुलाउन सकिएकाे पहिराेस्थलमा रहेका कायाकैरनकर्मी राजेश घिमिरेले जानकारी दिए ।
उक्त सडकको चारकिलोमा सोमबार बिहानदेखि पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो । दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिए ।
पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ । पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ । चितवन धादिङ सिमाना मौवाखोलामा पुल नै भत्केकाले नारायणगढ हुँदै काठमाडौं गाडी चल्न भने सक्ने अवस्था तत्कललाई छैन । नारायणगढ–मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा सडक भाँसिने क्रम बढेकाले धेरै भार भएका मलवाहक गाडी चल्न समस्या नै हुने देखिन्छ ।