भरतपुर, १७ असार ।
रोट¥याक्ट क्लब अफ नारायणगढको नवनिर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण गरिएको छ । रोट¥याक्ट वर्ष २०१७/१८ का लागि निर्वाचित अध्यक्ष निशा प्रधानसहित उनको समूहलाई वर्ष २०१६/१७ का अध्यक्ष ईशा प्रधानले पदहस्तान्तरण गरेकी हुन् ।
नारायणगढमा आयोजित कार्यक्रममा यसअघिका अध्यक्ष ईशाले नयाँ अध्यक्ष निशालाई, यसअघिका सचिव निशा श्रेष्ठले नयाँ सचिव लिजा श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका हुन् ।
पदहस्तान्तरणपछि शनिबार नै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले आगामी वर्षका लागि विभिन्न योजनासमेत पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष निशा प्रधानले आगामी वर्ष रक्तदान, दन्त परीक्षण शिविर, पशु स्वास्थ्य शिविर, महिला स्वास्थ्य शिविर, उद्घोषण तथा बैंकिङ तालिम तथा सडक बालबालिकाको लागि कार्यक्रम गर्ने तय भएको जानकारी दिइन् । कार्यक्रम जोनल रोट¥याक्ट रिप्रिजेन्टेटिभ विष्णुकान्त काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।