काठमाडौं, ४ साउन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लगातार छैटौँ पटक स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक अब साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।
केपी शर्मा ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा माग भएपछि बैठक पटक–पटक स्थगित हुँदै आएको छ । यसअघि शनिबार बसेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशनगर्नेबारे दुई अध्यक्षकाबीचमा सहमति भएपछि पार्टी भित्रको जोड घटाउमा फेरबदल आएको विश्लेषण गरिएको छ ।