भरतपुर, असार १७ .
नेपालमै पहिलो पटक राष्ट्रियस्तरको दृष्टिविहिन बालबालिकाको लागि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । ‘क्विज ब्याटल फर भिजुअल्ली इम्पेयर्ड’ को अडिसन राउन्ड लिएर ५५ जिल्लाबाट प्रतिस्पर्धि छनौट गर्ने काम भैरहेको छ । चितवनमा सकिएको पहिलो अडीसन राउण्डबाट २ टोली दोस्रो चरणमा प्रवेश पाएका छन् ।
चितवनमा दृष्टिविहिन विद्यार्थी अध्यापन गराउने १२ स्कुलबाट टोली अडीसनमा पहिलो अडिसनमा सहभागि भएका थिए । उत्कृष्ट अंक ल्याउँदै झुवानी मावीका सुनिल थापा र सौरभ भट्टको टोली, नारायणी नमूना मावीका देविसरा थापामगर र रेखा चौधरी दोस्रो अडीसनका लागि छानिएका छन् । उनीहरुले क्रमशः ६० र ५० अंक ल्याएका थिए । चितवन पछि अब अडिसन राउण्ड पोखरा, बुटवल, विराटनगर हुंदै ५५ जिल्ला पुग्ने आयोजक ‘लिभ एण्ड लिड इन्टरनेशलन’ले जनाएको छ । फरक क्षमताका बालबालिकाको प्रतिभा उजागर गर्ने सोचका साथ कार्यक्रमको परिकल्पना गरीएको ‘लिभ एण्ड लिड इन्टरनेशलन’ का अध्यक्ष नविन यादवले बताए । पहिलो चरणको अडीसन राउण्डपछिका सबै अडीसन राउण्डको सञ्चालन क्याप्टेन विजय लामाले गर्नेछन् । लिभ एण्ड लिड इन्टरनेशलनका मनिस तामाङ, निकेश बराल, विशाल भट्टराई र अनिल घिमिरेले चितवनको कार्यक्रम संयोजन गरेका थिए ।
नेपाल मै पहिलो पटक नविन प्रयोगका रुपमा दृष्टिविहिन बालबालिकाको लागि हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको लिभ एण्ड लेट लिभ इन्टरनेशनलले चितवनमा सरोकारवालासँग अन्तरक्रिया समेत गरेको थियो । कार्यक्रममा नारायणी माविका प्राचार्य पूर्ण प्रसाद दवाडीले १५ वर्ष देखि दृष्टिविहिन बालबालिकालाई अध्यपन गराउँदै आएपनि उनीहरुमा निहित प्रतिभा उजागर गर्न कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधि मुना गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक सन्तोष पन्त, भरतपुर आंखा अस्पतालका सहायक प्रबन्धक छांया श्रेष्ठ, नारायणी मोटर्स्सका सञ्चालक बालगोपाल चुके लगायतले युवाको सक्रियतामा हुन लागेको नविन कार्यक्रमले देशभर नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
दृष्टिविहिन विद्यार्थी हाजिरीजवाफको प्रतिस्पर्धामा
दृष्टिविहिन विद्यार्थी हाजिरीजवाफको प्रतिस्पर्धामा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस