भरतपुर, ३१ असार
रोटरी क्लव अफ नारायणगढले वर्ष २०२०-०२१ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । वर्ष २०१९-०२० का अध्यक्ष सुसनलाल प्रधानले वर्ष २०२०-०२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ नेतृत्वको समितिलाई पद हस्तान्तरण गरे । क्लबको यो १८ औँ पदस्थापन हो ।
सोही अवसरमा स्पाउच क्लव अफ रोटरी नारायणगढकी अध्यक्ष शान्ति उपाध्याय पौडेलले नवनिर्वाचित अध्यक्ष मनसा थैव श्रेष्ठ लाई पद हस्तान्तरण गरिन् ।
रोटरी क्लवका डिष्ट्रिक्ट गभर्नर राजिव पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचित अध्यक्ष अरुणकुमार खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस क्लवले तनहुँको नाल्बुङ र नवलपुरको भुजेल गाउँमा सोलार पम्पको सहायतामा खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ । साथै, क्लवले कोरोना भाइरसको महामारीसँगै सुरु भएको लकडाउनले असर पारेका विभिन्न ठाउँमा पुगेर राहत वितरण गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आागामि दिनमा पनि क्लवलाई सामाजिक काममा सकृय बनाउने प्रतिबद्धता व्यक्त गरे ।