भरतपुर, ३० असार
चलचित्र निर्माता र कलाकारितामा आउन चाहनेहरुलाई समन्वय गर्नेगरी कास्टिङ कलिउडले काम सुरु गरेको छ । निर्माता र उचित अवसरको खोजीमा रहेका कलाकार र दक्ष कलाकारको खोजीमा रहेका निर्माताहरुलाई भेट गराउने उद्देश्यले कास्टिङ कलिउड स्थापना गरिएको संस्थापक अमृत भण्डारीले बताए ।
कास्टिङ कलिउड नेपालको पहिलो डिजिटल प्लेटफर्म हो । यसमा हरेक कलाकारले आफ्ना सामग्री निशुल्करुपमा अपलोड गर्न सक्ने अर्का संस्थापक विनय सापकोटाले बताए । सोही प्लेटफर्ममार्फत निर्माताहरुले एक क्लीकको भरमा आफूलाई उपयुक्त कलाकारको छनोट गर्न सक्ने उनले बताए ।
नेपालमा अझैपनि राजधानीमा रहेका कलाकारले मात्र अवसर पाउने अवस्था रहेको र बाहिरका कलाकारले पनि राजधानी पुग्दा मात्रै अवसर पाउने अवस्था रहेको भन्दै कास्टिङ कलिउडले देशका सबै क्षेत्रमा रहेका कलाकारहरुलाई अवसर दिनेगरी प्लेटफर्म तयार पारिएको जनाएको छ ।
प्रेस विज्ञप्ति