भरतपुर, १६ असार ।
मिस्टर एण्ड मिस कलेज चितवन २०१७ को दोस्रो अडीसन सकिएको छ । कर्मा इभेण्टको आयोजनामा सुरु भएको सौन्दर्य प्रतियोगिताको दोस्रो अडीसनबाट ८ जना यूवा छनौट भएका छन् । यूवा÷यूवती भित्र रहेको प्रतिभाको उजागर गर्न कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
शुक्रबार भरतपुरमा लिइएको अडीसनमा ३० जना यूवाको सहभागि भएका थिए । यसअघि १२ गते भएको पहिलो अडीसनबाट ८ जना यूवा र २० जना यूवती छनौट भएका थिए । पहिलो अडीसनमा ६३ जना यूवा यूवतीले सहभागिता जनाएका थिए । कोरियोग्राफर तथा फोटोग्राफर मनिष तामाङ, मोडल अफ इआरए २०१६ विजेता पेम्वा तामाङ, आयोजक प्रतिनिधि शिक्षा गुरुङ, मिस एसईई चितवनका आयोजक निकेश बरालले प्रतिस्पर्धि छनौट गरेका थिए । अन्तिम प्रतिस्पर्धाका लागि १६ जना यूवा र २० जना यूवती छनौट भएका छन् । उनीहरुलाई थप तालिम दिइने छ । साउन १४ गते अन्तिम प्रतिस्पर्धा हुने छन् ।
उच्च शिक्षा लिदै गरेका यूवा यूवतीलाई लक्षित गरी ‘मिस्टर एण्ड मिस कलेज चितवन’ पहिलो पटक प्रतिस्पर्धा गराउन लागिएको हो । कार्यक्रम संयोजक उमित श्रेष्ठले उत्कृष्ट प्रतिस्पर्धिले धेरै अवसर पाउने बताए । उनका अनुसार उपाधि विजेता यूवाले मिस्टर सुपरनेश्नल वाइल्ड कार्ड ईन्ट्रि पाउनेछन् भने उपाधि विजेता यूवतीले मिस ग्राण्ड नेपालमा वाइल्ड कार्ड ईन्ट्रि पाउने छिन् । विजेताले नगद १५÷१५ हजार रुपैयाँ, लाभा मोबाइलको आकर्षक सेट पाउनेछन् । प्रतिस्पर्धि मध्येबाट फस्ट रनरअपले १०÷१० हजार सहित म्युजिक भिडीयोमा खेल्ने अवसर पाउनेछन् । सेकेण्ड रनरअपले ५÷५ हजार रुपैया पाउने छन् । उत्कृष्ट १० जना प्रतिस्पर्धिले एबीसी एजुकेसन कन्सल्टेन्सी मार्फत निशुल्क आइएलटिएस कक्षा लिन पाउनेछन् ।