भरतपुर, २८ असार
भरतपुर महानगरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरपालिकाको वडा नम्बर ५, १५, १६ र २४ का ५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ४ जना पुरुष र १ महिला रहेको भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाले जनाएको छ ।
उनीहरु सबै क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् । चितवन जिल्लामा कोरना संक्रमण पुष्टि हुनेको संख्या एक सय नाघेको छ ।