१६ असार ,भरतपुर ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहान ०८:०० बजे कालीखोला नजिकैको डाँडाबाट पहिरो तथा ठूलो ढुंगा खसेको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्द हुन पुगेको हो ।
पहिरो पन्छाई सडक सुचारु गर्न करिब पाँच(५) घण्टा लाग्ने अनुमान गरिएको छ ।