रत्ननगर, २३ असार
चितवन रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन । रत्ननगर ४ की २७ बर्षीया ती महिला १२ दिनको उपचार पछि कोरोनामुक्त भएकी हुन ।
असार ११ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला असार १२ गते गुन्जमान सिंह अस्पतालमा भर्ना भएकी थिइन । पहिलो रिपार्ट पोजेटिभ आएको १२ औं दिनमा गरिएको दोश्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा.अंकित श्रीबास्तबले बताए ।
अस्पताल भर्ना हुँदा घाँटीमा सामान्य समास्या रहेकी उनलाई सिटामोल र सामान्य एन्टिबोयोटिकले निको भएको उनले बताए । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच रत्ननगरका मेयर नारायण वनले कोरोना परीक्षणको रिपार्ट र अस्पतालको डिस्चार्ज पेपर दिएर उनलाई अस्पतालबाट विदाई गरेका थिए ।
सो अवसरमा मेयर वनले कोरोना संक्रमितको उपचारमा सफल भएको भन्दै गुज्नमान सिंह अस्पताललाई धन्यावाद दिए । उनले भरतपुर अस्पतालमा हुन सक्ने विरामीको चापलाई मध्यनजरगरी गुन्जमानसिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरेको बताए । विदाई कार्यक्रममा अस्पतालका प्रशासक मोहन खड्का, रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब प्रसाद पौडेल, स्वास्थ्य शाखाका उपप्रमुख नरहरि श्याम शर्मा, नगर प्रबक्ता राजेन्द्र हमाल, वडा नं ४ का वडाध्यक्ष रविन्द्र चौधरीलगायतको सहभागिता रहेको थियो ।
कोरोना संक्रमित निको भएसंगै रत्ननगर नगरपालिका कोरोना संक्रमणमुक्त नगरपालिका भएको छ ।