प्रमिता ढकाल
१५ असार ।
भरतपुर महानगरपालिकाका मेयर पदका उमेदवार रेणु दाहालले असारे चटारो संगै चुनावी चटारो कायम रहेको वडा नम्बर १९ लाई आफुले गुन तिर्ने बताएकीछिन् ।आज भरतपुर १९ को किरणगञ्जमा वडामा आयोजित असार १५ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदकी उमेदवार दाहालले हर क्षेत्रबाट वडा नम्बर १९ लाई समग्र महानगरकै नमुना वडा बनाउने संकल्प गरेको बताएकीछिन् । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइरहंदा कृषि क्षेत्रका समस्या नजरअन्दाज गर्न नकिने उनले जोड दिइन् ।खेतीयोग्य जमिनको खण्डिकरण, कामदारको अभाव सिंचाईको अभाव,प्रविधिको उपयोग गर्न नपाएका कृषकको समस्या चानचुने विषय नभएको उनले जोड दिइन् ।कृषी कर्मबाटै आफु राजनितीमा सक्रिय रहेको उल्लेख गर्दै उनले रणनितिक योजनाबाट समग्र विकासको सम्भावना रहेको भन्दै भरतपुरको मेयरका रुपमा आफुलाई जिताउन समेत आग्रह गरेकीछिन् ।
कार्यक्रममा संयुक्त गठवन्धनबाट भरतपुरकी उपमेयरकी उमेदवार पार्वती शाहले अधिकांश नेपालीको मुल पेशा कृषि भएकाले यस क्षेत्रको विकासमा ध्यान दिन आवश्यक रहेको बताइन् । उत्पादन बढाउदै बजारीकरणको व्यवस्था गरी आयात प्रतिष्थापन गर्न हर सम्भव प्रयास गर्न तयार हुने उनले बताइन् ।कृषि र कृषकको समस्या संगै विकास निर्माणका हरेक अवरोध हटाएर सम्वृद्धि तर्फ अघि बढ्न एउटा टिम स्पिरिट चाहिने भन्दै गठवन्धनका हरेक उमेदवारको विजय सुनिश्चित गराउन आग्रह गरीन् ।
कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले असारे चटारो र चुनावी चटारोलाई संगसंगै लैजाने शक्ति भरतपुर १९ का सर्वसाधारणमा देखिएको उल्लेख गरे । मानो रोपेर मुरी फलाउने महिनामा कृषकले गरेको परिश्रमले सार्थकता पाउने आशा जस्तै विकासको लागि बनेको गठवन्धनलाई पनि सार्थक बनाउन सुझाएकाछन् ।
सो क्रममा स्थानियले सिंचाईको अभावका कारण १५ असार सम्म पनि रोपाई सुरु हुन नसकी खेत बांझै रहेको भन्दै ध्यानाकर्षण गराए । घोल खेतका रुपमा चिनिएको किरणगञ्जका अधिकांस खेतका गरा बांझै रहेको भन्दै सिंचाई मुख्य समस्या रहेको स्थायिन द्रोण बहादुर गुरु·ले गुनासो गरे ।यस्तै खगेरी सिंचाई ८ नम्बर शाखाका अध्यक्ष खगराज सापकोटाले सिंचाईको लागि सबै तयारी गरेपनि पानी नपाउंदा कृषकहरुको आक्रोसित बढेको बताए । रेशम गुरु·को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा खगेरी सिंचाइका वेलबहादुर गुरु·,नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर १९ का वडा अध्यक्षका उमेदवार कर्ण गुरु· लगायतले मन्तव्य राखेकाछन् । नेपाली कांग्रस र नेकपा माओवादी केन्द्र वडा नम्बर १९ ले संयुक्त रुपमा आयोजना गरेको असार १५ विशेष कार्यक्रममा मेयर पदका उमेदवार रेणु दाहाल ,उपमेयरकी उमेदवार पार्वती शाह,कांग्रस तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले संगसंगै हिलोमा धान रोपी असारे भाकामा रमाउदै दही च्यूरा खाएर मनाएकाछन् ।