भरतपुर, १६ असार
पोल्याण्डमा बस्दै आएका नेपालीहरूको एक समूहले मृगौलासम्बन्धी समस्याबाट पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । हामी नेपाली ग्लोबल पोल्याण्ड नामक संस्थाले गत सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ६ केशरबाग निवासी कमला तामाङलाई नगद रु ५० हजार ५ सय ४५ सहयोग हस्तान्तरण गरेको हो ।
हामी नेपाली ग्लोबल पोल्याण्डले तामाङका लागि पोल्याण्डमै रहेका नेपालीबाट ४७ हजार ५ सय ४५ रुपैयाँ संकलन गरेको थियो भने थप नगद रु तीन हजार स्थानीय सन्तोष लामाले प्रदान गरेका हुन् ।