भरतपुर, ११ असार
युवा समाजसेवी राजकुमार राजभण्डारीले छोरीको जन्मदिनमा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।
कोरोना भाइरसको महामारीसँगै सुरु भएको लकडाउनका कारण काम गुमाएका विपन्न परिवारलाई छोरी आकृतीको जन्मदिनमा राहत वितरण गरेको राजभण्डारीले बताए ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ११ स्थित लामा टोलका ३५ परिवारलाई राहत वितरण गरिएको हो । उनीहरुलाई १५ किलो चामल, १ लिटर तेल, दाल, साबुन र मास्क वितरण गरिएको हो ।
छोरीको जन्मदिन मनाउन फजुल खर्च गर्नुको सट्टा राहत वितरण गरेको राजभण्डारीले बताए ।
राजभण्डारी भरतपुर अस्पतालका पूर्व अध्यक्ष हुन् । नेपाली कांग्रेस चितवनका युवा नेता राजभण्डारी समाजिक कामहरुमा सकृृय रहँदै आएका छन् ।