२८ बैशाख ,एजेन्सी । चीनमा शक्तिशाली भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चीनको स्वशासित क्षेत्र सिन्जियान उइगुरको ताक्सकोरगान काउन्टीमा स्थानीय समय बिहीबार अनुसार ५ बजेर ५८ मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प जाँदा उक्त हताहती भएको हो ।
भूकम्पपछि लगातार परकम्प गइरहेको छ । पाकिस्तान, अफगानिस्तान र ताजिकस्तानको सीमामा पर्ने ताक्सकोरगान काउन्टीमा गएको सो भूकम्पको धक्काको महसुस उक्त मुलुकहरुमा समेत गरिएको थियो ।