भरतपुर, ६ असार
रामनगर माध्यमिक विद्यालयकाे ३ काेठे विद्यालय भवनकाे शनिबार शिलान्यास गरिएकाे छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार बिहान भवनकाे शिलान्यास गरिन् ।
भूकम्प पुनर्निर्माण प्राधिकरणकाे ५१ लाख ३८ लाख बजेटमा निर्माण गर्न लागिएको भवन शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत कुँवरकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । ३ वटा कक्षाकोठा र अपांगमैत्री शाैचालय उक्त याेजनामा समेटिएकाे विद्यालयका प्रधानाध्यापक शिव लम्सालले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी चितवन क्षेत्र नम्बर २ संयाेजक नारायणप्रसाद अधिकारी, युवा संघ जिल्ला संयाेजक मधुकर न्याैपाने, नेकपा जिल्ला कमिटी सदस्य टंक न्याैपाने, भरतपुर-१ का कार्यवाहक वडाध्यक्ष यमबहादुर राना, स्थानीय समाजसेवी बद्री आचार्यलगायत सहभागी थिए ।
साे क्रममा रामनगरकाे राजमार्ग छेउछाउमा वृक्षरोपणसमेत गरिएकाे छ । राजमार्ग आसपास हर्राे, बर्राे, कपुर, पीपल, अमला, रूद्राक्षलगायत बिरुवा राेपिएका छन् ।
रामनगर क्षेत्रलाई हरियाली र स्वच्छ बनाउन वृक्षरोपण गरिएकाे रामनगर बजार व्यवस्थापन समिति अध्यक्ष तारानाथ कुँवरले जानकारी दिए ।