• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

  •  
  • बुधबार, असार १४, २०७४ / ८ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    डडेल्धुरा, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

    आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

    मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उहाँले स्थानीय बासिन्दासँग कुरा गर्नुहुँदै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताउनुभयो । “निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भन्नुभयो ।

    प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गर्नुभएको हो । उहाँकै पहलमा पछि यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा अहिले कैलालीको धनगढी फर्कंदै हुनुहुन्छ । उहाँ बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । रासस

    बुधबार, असार १४, २०७४ प्रकाशित
    संबन्धित शिर्षकहरु
    स्प्रिंग कन्सर्टमा झुमे दर्शक
    स्थानीयले संकलन गरेको ६० लाख रुपैयाँमा पुनर्निर्माण भयो बाहुनडाँडाको देवी मन्दिर
    कोटिहोम महायज्ञको आम्दानी र खर्च सार्वजनिक
    यो पनि हेर्नुहोस
    नयाँवर्षको पहिलो दिन : केबलकार र मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो
    आदिवासी जनजाति आयोगले बागमती प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन
    शय्यामा रहेको दाइको सेवामा तल्लीन दिनानाथको संघर्ष कथा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal