असार १३,भरतपुर ।
शहिद लालध्वज गुरुङ्कि ज्येष्ठ सुपुत्री नेपाली कांग्रेसकी क्रियाशिल सदस्य सावित्री गुरुङको देवघाटमा अन्त्येष्टी गरीएको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय समितीकी केन्द्रिय सदस्य जानकी गुरुङकी आमा सावित्री गुरुङको आज बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरीएको हो । करिव डेढ वर्षदेखि क्यान्सररोगसंग संघर्षरत ६८ वर्षिय गुरुङको गएराती काठमाण्डौंमा निधन भएको हो । उनलाई आज बिहान चितवन भरतपुर महानगरपालिका १८ भुवनवस्ती स्थित घरमा ल्याई श्रद्धान्जली अर्पण गरीएकोछ ।उनको पार्थिव शरिरलाई नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी र साविकको चित्रवन नगरपालिका नगरसभापति शालिग्राम पौडेलले नेपाली कांग्रेसको पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरे । सावित्री गुरुङका८ छोरी र ३ छोरा मध्य जेठी छोरी जानकी गुरुङ सम्पर्क समिती बेल्जियमकी पूर्व संरक्षक समेत रहीसकेकीछिन् ।सावित्री गुरुङका सम्पूर्ण परिवार नेपाली कांगेसमा क्रियाशिल छन् ।काठमाण्डौंमा जन्मिएकी गुरुङ बुवा शहिद लालध्वज संगै २०१४ साल पछाडी चितवन आएकीहुन् ।उनलाई अन्त्यष्टि कार्यक्रममा नेपाली कांग्रेसका नेता टेकप्रसाद गुरु·, महाधिवेसन प्रतिनिधि चन्द्रध्वज गुरु·,नेपाल महिला संघ चितवनकी पूर्व अध्यक्ष शारदा गुरु·,कांग्रेसका कर्णबहादुर गुरु·, जितबहादुर तामा·,प्याव्सनका पूर्व जिल्ला अध्यक्ष बेलबहादुर गुरु· लगायत कांगे्रसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
२०१८ सालमा भरतपुर कब्जाको नेतृत्व सम्हालेका शहिद लालध्वजको २०१८ साल चैतमा तनहुको कोत्रेमा तत्कालिन पञ्चायती सरकारले हत्या गरेको थियो ।तनहुको मनपांगमा समातिएका उनलाई काठमाण्डौं कारागार चलान गर्ने भन्दै पोखरा कारागारबाट स्थान्तरण गरी तनहुको कोत्रेमा विभत्स हत्या गरीएको थियो ।उनीसंगै इमानसिंह गुरु·,सर्वसिंह गुरु· र हस्तवीर गुरु·को हत्या भएको थियो ।भूपू सैनिकको भेला गराई पञ्चायत विरुद्ध अभियानमा सरिक गराउन उनीहरु मनपांग पुगेका थिए ।